हेटौंडा। हेटौंडा८ मा भोलिबाट प्रथम वडाध्यक्ष कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ। हेटौंडा ८ नम्बर वडा कार्यालयको सहयोग तथा ८ नम्बर वडा खेलकुद समितिको सहकार्यमा वडा भित्रका टोल विकास संस्थाको प्रतिनिधित्व रहने गरी प्रतियोगिता आयोजना गरिएको ८ नम्बर वडा खेलकुद समिति संयोजक उमेश थापा मगरले जानकारी दिएका छन्।
चन्द्रोदय मा वि को खेल मैदानमा आयोजना हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहेको र विजेता र उपविजेताले क्रमश ३० हजार र २० हजार नगद प्राप्त गर्नेछन्। प्रतियोगिता असोज ८ गतेबाट १५ गतेसम्म संचालन हुने जनाइएको छ।नजिकिदै गरेको विजयादशमी तथा तिहार एव छठ पर्वमा उक्त प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक मगरले जनाएका छन्।
सेयर गर्नुहोस्






















