हेटौडा । मोटरसाइकल दुर्घटना हुँदा धनगढीमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरापालिका–१३ कैलालीगाउँका ३१ वर्षीया दुर्गा ओझा रहेका छन् ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार कैलालीगाउँ जाने भित्री सडकखण्डमा ओझाले चलाएको से६प ३९३६ नंको मोटरसाइकल नालीमा पल्टीएको थियो । उनको टाउको र अनुहारमा चोट लागेको थियो । ओझाको माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो ।
सेयर गर्नुहोस्






















