आजको मौसम

हेटौंडा टुडे
२०७९ आश्विन २९, शनिबार ०९:०९ गते

हेटौडा । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल कर्णाली प्रदेश लगायत देशको पहाडी भ–९भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

यस्तै, आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एक९दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । यसैगरी, राती देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।देशको पहाडी क्षेत्रको सडक तथा हवाई यातायातमा मौसमको सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*