हेटौडा । गएराति मोटरसाइकल दुर्घटना हुँदा ललितपुरको महालक्ष्मी नगरपालिकामा एक जनाको ज्यान गएको छ । बा ९३ प ८९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सर्लाहीका २६ वर्षका मोहनबाबु खत्रीको ज्यान गएको हो। ललितपुरको इमाडोलदेखि लुबुतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भइ घरको भित्तामा ठोक्किएको प्रहरीले जानकारी दिएको छ । खत्रीको अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
सेयर गर्नुहोस्






















