हेटौडा। सोमबार बिहान हेटौडा संघ र प्रदेशको निर्वाचनमा लोकतान्त्रिक-बाम गठवन्धनको चुनाव प्रचार प्रसार कार्यालय उदघाटन गरिएको हो।आसन्न प्रतिनिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि हेटौंडामा गठबन्धन नेतृत्व दलको चुनाव प्रचार प्रसारका लागी कार्यलय उदघाटन गरिएको छ। गठबन्धनकी मकवापुर क्षेत्र नम्बर १ प्रतिनिधिसभा की उम्मेद्ववार मंहालक्ष्मी उपाध्याय (डिना)को प्रमुख आतिथ्यतामा उक्त कार्यालय स्थापना गरिएको हो। कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर-१ प्रदेश १(ख) का उम्मेद्ववार आनन्दराम पराजुली, गठवन्धन पार्टीका केन्द्रीय नेता,जिल्ला नेता,वाडा स्तरिय नेता कार्यकर्ताको उपस्थिती रहेको थियो।
कार्यक्रममा बोल्दै संघीय उम्मेदवार डिनाले गठबन्धन नेतृत्व सरकार अपरिहार्य रहेकोले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरिन। त्यसैगरी प्रदेशसभा सदस्य उम्मेदवार पराजुलीले जनताको मन जित्ने काम आफुले गर्ने बताउदै,प्रदेशसरकार पनि गठबन्धन नेतृत्व दलको हुने उदघोष गरेका छन्।कार्यालय स्थापना गरिसंगै निर्वाचन आयोगको आचार संहित अनुसार प्रचार प्रसार कार्यक्रम सार्वजनिक गरिने हेटौंडा-७ का लोकतान्त्रिक – बाम गठवन्धन चुनाव प्रचार प्रसार संयोजक चेत प्रसाद(अर्जुन) गौतमले बताएका छन्।






















