खैरो हिरोइन सहित हेटौंडामा ३ जना पक्राउ

हेटौंडा टुडे
२०७९ कार्तिक १५, मंगलवार ११:१९ गते

हेटौंडा। हेटौंडाबाट लागुऔषध खैरो हिरोइन सहित तीन युवक पकाउ परेका छन्। मकवानपुर प्रहरी र वडा प्रहरी कार्यालय हेटौंडाबाट खटि गएको प्रहरी टोलीले कान्तिलोकपथ अन्तर्गत हेटौडा उपमहानगरपालिका–५ सानोपोखराबाट खैरो हेरोईन सहित तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले चेकजाँका क्रममा ना ४८ प ९००५ नम्बरको मोटरसाइललाई रोकेर चेकजाँच गर्दा १ ग्राम ४६० मिलि ग्राम खैरो हेरोईन र सानो डिजिटल तराजु १ थान सहित हेटौंडा–१४ मयुरधाप बस्ने २८ वर्षीय रोबिन श्रेष्ठ, हेटौंडा–११ थानाभर्याङ बस्ने २५ वर्षीय अनिष चौलागाईं र हेटौंडा–२ कान्तिराज पथ बस्ने २३ वर्षीय बिकाश कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताएका छन्।पक्राउ परेका तिनै जनालाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाईएको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*