मलाई लोप्पा खुवाउने कमल थापाले तपाईलाई नि लोप्पा खुवाउँछ : दीपक सिंह

हेटौंडा टुडे
२०७९ कार्तिक २८, सोमबार १६:२६ गते

हेटौडा-राप्रपाका नेता एवम् मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपकबहादुर सिंहले ४६ बर्ष संगै रहेको आफूलाई लोप्पा खुवाउने राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदातालाई पनि लोप्पा खुवाउने बताएका छन् ।

पदमपोखरीमा भएको राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले कमल थापा विश्वास गर्न लायक नभएको बताएका हुन् । ‘पार्टीको आन्तरिक चुनावमा हार व्यहोरेपछि पार्टी छोडेर पुरानो पार्टी ब्यूँताउने, एमालेको चुनाव चिह्न लिएर चुनाव उठ्ने कमल थापाले जिल्लाको विकास गर्दैनन्’, उनले भने, ‘पदको लागि पार्टीको मूल्य मान्यतालाई बिर्सेर काम्रेड बन्न गएका हुन् ।’

राप्रपा नेपालका कार्यकर्ताहरु अन्यौलमा रहेको उनको भनाई थियो । आफैंले जन्माएको पार्टी सिध्याएर जनजातिको छोरा राजेन्द्र लिङ्देनलाई स्वीकार्न नकेर एमालेका शरणमा जाने कमल थापालाई मकवानपुरका जनजातिका छोराछोरीले भोट हाले गलत हुने उनको भनाई थियो । कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देन, अभिनेत्री मनिषा कोइराला लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*