मकवानपुरमा ट्रक दुर्घटना,दुईको उद्धार

हेटौंडा टुडे
२०७९ मंसिर १, बिहीबार १०:२६ गते

हेटौंडा।  त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी(९ लामीडाँडा नजिक ट्रक दुर्घटना भएको छ। बुधबार राति अन्दाजी ९ बजेको समयमा १२ चक्के ट्रक दुर्घटना भएको घटनास्थलमा रहेका पत्रकार सुजन विडारीले बताएका छन्। घटनास्थलबाट दुईजनालाई स्थानीयले उद्धार गरेर हेटौंडा पठाएको स्थानीयको भनाई उद्धृत गर्दै पत्रकार विडारीले बताए।

ट्रक दुर्घटना बारे बुझ्दा मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेक बहादुर कार्कीले दुर्घटनाको जानकारी पाएको र प्रहरी चौकी भैसेबाट प्रहरी टोली घटनास्थल जादै गरेको बताए। प्रहरी नपुगेकोले घटनाको पूर्ण वितरण भने आउन बाँकी रहेको डिएसपी कार्कीले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*