सबैभन्दा बढी आयकर तिर्ने बानियाँ सप्लायर्स सम्मानित

हेटौंडा टुडे
२०७९ मंसिर ८, बिहीबार १५:१५ गते

हेटौंडा । आन्तरिक राजस्व कार्यालय मकवानपुरले सबैभन्दा बढी आयकर तिर्ने हेटौंडाको बानियाँ सप्लायर्स प्रालिलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवसको अवसरमा आयोजित एक कार्यक्रममा कार्यालयले आर्थिक वर्ष ०७७र०७८ मा व्यापार क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरेकोमा बानियाँ सप्लायर्सलाई सम्मान गरेको हो ।कार्यक्रमकी प्रमुख अतिथि एवम् हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले सप्लायर्सका संचालक ऋषिराज बानियाँलाई सम्मानपत्र हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा आर्थिक बर्ष ०७७र०७८ मा विभिन्न विधामा बढी कर दाखिला गर्ने व्यक्ति र संस्थालाई सम्मान गरिएको थियो । कार्यक्रममा कर कार्यालय कर्मचारी, व्यवसायी लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*