कपिलवस्तु १ (क) मा एमालेका उम्मेदवार विजयी

हेटौंडा टुडे
२०७९ मंसिर ८, बिहीबार १६:५७ गते

हेटौंडा | कपिलवस्तु १ (क) मा नेकपा एमालेका विष्णु पन्थी विजयी भएका छन्।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको बिहीबार सम्पन्न प्रदेश सभा (क) को मतगणनामा उम्मेदवार पन्थीले २० हजार २ सय ४७ मत प्राप्त गरी विजयी भएका छन्।

यस्तै पन्थीका प्रतिस्पर्धी सत्तागठबन्धनतर्फबाट  कांग्रेसका  उम्मेदवार डोलकराम घिमिरेले १५ हजार ७ सय ९७ मत प्राप्त  गरेका थिए।

घिमिरेलाई ४ हजार ४ सय ५० मतले पछाडि पार्दै पन्थी प्रदेश सभामा दोस्रो कार्यकालका लागि विजयी  भएका हुन् ।यद्यपि निर्वचन आयोगले आधिकारिक घोषणा गर्न बाँकी छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*