हेटौंडा | भरतपुर महानगरपालिका–१ रामनगरमा भारतीय ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । गएराति भारतको उत्तर प्रदेश राज्य सहारानपुर गाउँ बस्ने वर्ष ३८ को तलिस खानले चलाएको एचआर ५५ एक्स १४८२ नंको भारतीय ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष रहेका छन् । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका ती पुरुषको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।
सेयर गर्नुहोस्






















