हेटौंडा भेट्रान्स क्लबको अध्यक्षमा उप्रेती चयन

हेटौंडा टुडे
२०७९ मंसिर १८, आईतवार ११:५० गते

 हेटौंडा  | हेटौंडा भेट्रान्स क्लबको अध्यक्षमा रमेश उप्रेती चयन भएका छन् । क्लबको शनिबार हेटौंडा–५ स्थित पिप्लेमा सम्पन्न आठौं वार्षिक साधारणसभाबाट उप्रेतीको संयोजकत्वमा १२ सदस्यीय चयन गरिएको हो ।

यस्तै, क्लबको प्रथम उपाध्यक्षमा नवराज बज्राचार्य र द्वितीय उपाध्यक्षमा ज्ञानबहादुर क्षेत्री, सचिवमा कविन सांगामी, सह–सचिवमा अतुल शर्मा र कोषाध्यक्षमा सरोज राजथला चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा अनुप लामा, प्रशान्त पाख्रिन, राज कुमार श्रेष्ठ (ए), राजकुमार श्रेष्ठ (बी), अजय मानन्धर, मणिराज गौतम र सञ्जय थापा चयन भएका छन् ।

कार्यक्रम क्लबका अध्यक्ष दीपक बज्राचार्यको सभाध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यमा भएको हो ।

कार्यक्रममा हेटौंडा–५ का वडाध्यक्ष सुशील घिमिरे, ६ नम्वर वडाध्यक्ष विष्णु बहादुर दाहाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्की र जिल्ला फुटबल संघका उपाध्यक्ष युवराज लामालगायतको आतिथ्य रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*