मनहरीमा रोटर्याक्टको निशुल्क स्वास्थ्य परिक्षण

हेटौंडा टुडे
२०७९ मंसिर २५, आईतवार ११:३३ गते

हेटौंडा।शनिबार मनहरीमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ।   मनहरी गाउँपालिका वडा नम्बर ९ स्थित रजैयामा भएको निशुल्क स्वास्थ्य परीक्षणमा एक सय ७५ जनाले निशुल्क स्वास्थ्य परिक्षण गराएका छन् ।

रोटर्याक्ट क्लब अफ मकवानपुर, पञ्चमुर्ती आयुर्वेद क्लिनिक र मनहरी गाउँपालिका वडा नम्बर ९ को आयोजनामा भएको निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा एक सय ७५ जनाले निशुल्क स्वास्थ्य परिक्षण गराएका हुन्।शिविरमा पञ्चमुर्ती आयुर्वेदका डा. नितेश कुमार गिरि, डा. साइरस न्यौपाने, डा. लक्ष्मी नारायण भगत स्वास्थ्य परिक्षण गरेका थिए । शिविरमा रोटरी क्लब अफ मकवानपुर, केदारेश्वर युवा क्लब, केदारेश्वर टोल सुधार समिति, रजैया व्यापार संघले आवश्यक सहयोग गरेको रोटर्याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष प्रदीप कुमार राईले जानकारी दिए । शिविरमा स्वास्थ्य परिक्षण गराई आवश्यक औषधि पनि उपलब्ध गराइएको अध्यक्ष राईले बताए।

शिविरमा रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कृष्ण बहादुर कार्की, रोटर्याक्ट क्लब अफ मकवानपुरका संस्थापक अध्यक्ष गणेश दर्पण अधिकारी, केदारेश्वर युवा क्लबका अध्यक्ष बिनोद गुनि, रजैया व्यापार संघका अध्यक्ष मुकुन्द अधिकारी, केदारेश्वर टोल सुधार समितिका अध्यक्ष नारायण मैनाली लगायतको उपस्थिति रहेकोे थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*