मलेसियामा शुक्रबार बिहान पहिरोमा परी आठ जनाको मृत्यु

हेटौंडा टुडे
२०७९ पुष १, शुक्रबार ११:३१ गते

हेटौंडा| मलेसियाको राजधानी क्वालालम्पुर नजिक शुक्रबार बिहान पहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । यस घटनामा अहिलेसम्म ५० जनाभन्दा बढीको उद्धार गरिएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार दर्जनौं मानिस अझै बेपत्ता रहेको बताइएको छ । उनीहरुको खोजी कार्य जारी छ । मलेसियाको फायर डिपार्टमेन्टका अनुसार घटना मलेसियाको सेलान्गोर प्रान्तको राष्ट्रिय राजधानी क्षेत्र बाहिर बिहान करिब ३ बजे भएको हो ।

सडक छेउमा रहेको अर्गानिक फार्म दुर्घटनाको चपेटामा परेको छ । यो फार्मले मानिसहरूलाई यहाँ क्याम्पिङ गरेर बस्ने सुविधा दिन्छ । करिब १०० फिट उचाइबाट यो क्याम्पमा भग्नावशेष खसेको र करिब एक एकड क्षेत्रफलमा फैलिएको दमकल विभागका निर्देशकले बताए ।यस पहिरोमा ९२ जना फसेका थिए जसमध्ये ५३ जनाको सकुशल उद्धार गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*