बसको ठक्करबाट एक जनाको मृत्यु

हेटौंडा टुडे
२०७९ पुष १, शुक्रबार ११:४६ गते

हेटौंडा | काठमाडौंको गैह्रीगाउँमा आज बिहानै बसले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ। गम्भीर घाइते भएका अन्दाजी ४५ वर्षीय पुरूषको उपचारको क्रममा मृत्यु भएको छ।

उनको काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा उपचारको क्रममा मृत्यु भएको हो। मृतकको सनाखत हुन बाँकी रहेको छ।

आज बिहान पौने ६ बजे बा५ख ५६२२ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएको हो। सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरी प्रभाग कोटेश्वरले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*