हेटौंडा। हेटौंडा(१४ मा आगलागी हुदा गोठ जलेर नष्ट भएको छ। हेटौडा(१४ मयुरधापमा स्थानीय सुन कुमार तामाङको गोठमा आगलागी हुदा गोठ पुर्ण रुपमा जलि नष्ट भएको हो।
तामाङको घरमा अचानक करेन्ट सर्ट भई आगोलागी हुदाँ घर नजिकै रहेको गोठमा आगो सल्किन पुगी गोठ जलेर नष्ट भएको मकवानपुर प्रहरीले जनाएको छ।आगलागी हुदा एउटा चौपाया जलेको र सात लाख बराबरको क्षति भएको जनाइएको छ। आगलागीमा परेर घर धनि सुन कुमार तामाङ बेहोस भएको हेटौडा अस्पतालमा उपचारको भइरहेको जनाइएको छ।
सेयर गर्नुहोस्






















