सरकारको कानुनी सल्लाहकारमा डा दिनमणि पोखरेल नियुक्त

हेटौंडा टुडे
२०७९ पुष १२, मंगलवार १३:३५ गते

हेटौंडा| सरकारको कानुनी सल्लाहकार (महान्यायाधिवक्ता)मा डा दिनमणि पोखरेल नियुक्त हुने भएका छन्। सरकारले पोखरेललाई मंगलबार महान्यायाधिवक्ताको जिम्मेवारी दिन लागेको हो। सरकारको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने व्यवस्था संवैधानिक व्यवस्था छ।

पोखरेलले भारतको दिल्ली युनिभर्सिटीबाट एलएलएम गरेका छन्। यस्तै, नेदरल्याण्डबाट राजनीति अर्थशास्त्रमा एमए गरेका छन्। संवैधानिक र फौजदारी कानुनका जानकार पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गरेका छन्।पोखरेल यसअघि तत्कालीन सभामुख ओनसरी घर्तीको कानुनी सल्हाकार समेत बनेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*