हेटौंडा। नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ। साताको तेस्रो दिन मंगलबार सुनचाँदी अघिल्लो दिनको तुलनाम बढेको हो।
सोमबार एक लाख एक हजार ७ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा ९ सय बढेर १ लाख २ हजार ६०० पुगेको छ।त्यसैगरी तेजावी सुन प्रतितोला एक लाख २ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी चाँदीको मूल्य सोमबारको तुलनामा १० रुपैयाँले बढेको छ। चाँदीको भाउ आज १ हजार ४ सय १० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी तथा सिल्प व्यवसायी महासंघले जनाएको छ ।
सेयर गर्नुहोस्






















