विराटनगर महानगरपालिकाले नगर क्षेत्रभित्र सिटी बस सञ्चालन गर्ने

हेटौंडा टुडे
२०७९ पुष १९, मंगलवार १५:२९ गते

हेटौंडा| विराटनगर महानगरपालिकाले नगर क्षेत्रभित्र सिटी बस सञ्चालन गर्ने भएको छ। सर्वसाधारणको सहज आवागमनको उद्देश्यसहित महानगरले सिटी बस सञ्चालन गर्ने भएको हो। प्रारम्भिक चरणमा १८ वटा सिटी बस सञ्चालनको तयारी रहेको महानगरले जनाएको छ।

महानगरका अनुसार निजी क्षेत्रसँगको साझेदारीमा नगर बस सञ्चालन गर्ने गृहकार्य भइरहेको छ। यसअघि पनि विराटनगरले नगर बस सञ्चालन गर्ने योजना बनाएको थियो।

तर, विविध कारणले उक्त योजना सफल हुन सकेन्। यसपटक विस्तृत कार्ययोजनासहित बस सञ्चालनको तयारी गरिएको महानगरका मेयर नागेश कोइरालाले बताए। महानगरको रुटमा कुद्ने गरी बस सञ्चालनको तयारी भइरहेको उनले जानकारी दिए।

बस वातानुकुलित सुविधा सहितको हुने महानगरले जनाएको छ। महानगरका अनुसार सिटी बसमा वृद्धवृद्धाहरूले निःशूल्क आवागमन गर्न पाउने छन्। बसमा महिला र विद्यार्थीहरूलाई पनि विशेष सहुलियत प्रदान गरिने जानकारी दिईएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*