राहदानी वितरण बन्द

हेटौंडा टुडे
२०७९ पुष १९, मंगलवार १७:३२ गते

राहदानी विभागले सिस्टममा समस्या आएको भन्दै राहदानी वितरण बन्द गरेको छ  । विभागका प्रवक्ता दुरपदा सापकोटाले विज्ञप्ति जारी गर्दै अर्को सूचना नआएसम्म दुवै सेवा स्थगित गरिएको जनाएका छन् ।


पुस १७ गतेदेखि राहदानी विभागको सिस्टममा खराबी आउँदा आवेदकको स्टाटस हेर्ने र वितरण कार्य स्थगित भएको छ । ‘विभागले सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्णरूपमा सुचारू हुन केही समय लाग्ने व्यहोरा सबैमा अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आजको मितिदेखि अर्को सूचना जारी नहुँदासम्मको लागि माथि उल्लेखित सेवा लिनको लागि विभागमा उपस्थित नभइदिनु हुन सादर अनुरोध छ ।’

नियमितरूपमा राहदानी आवेदनका लागि समय लिएका सेवाग्राहीहरू सोही मितिमा बायोमेट्रिकको लागि विभागमा उपस्थित हुन विभागले अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*