सहसचिव डा. रोजनाथ पाण्डे सचिवमा बढुवा

हेटौंडा टुडे
२०७९ पुष २१, बिहीबार ११:३० गते

हेटौंडा|संघीय संसद सचिवालयका सहसचिव डा. रोजनाथ पाण्डे सचिवमा बढुवा भएका छन् ।
संसद सचिवलाय सञ्चालन तथा व्यवस्थापन समितिको बुधबार बसेको बैठकले डा. पाण्डेलाई सचिवमा बढुवा गर्ने निर्णय भएको हो ।
संसद सचिवालयका सचिव ध्रुव घिमिरेले राजीनामा दिएपछि एक जना सचिवको पद रिक्त थियो । रिक्त पदपूर्तिका लागि बसेको संसद सचिवलाय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले प्रवक्ताको भूमिकामा रहेका डा. पाण्डेलाई सचिवमा बढुवा गरेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*