प्रतिनिधि सभाको पहिलो बैठकका लागि एजेण्डा तय गर्न सर्वदलीय बैठक

हेटौंडा टुडे
२०७९ पुष २२, शुक्रबार १२:०८ गते

हेटौंडा| प्रतिनिधि सभाको पहिलो बैठकका लागि एजेण्डा तय गर्न सर्वदलीय बैठक बोलाइएको छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।
बैठकमा पार्टीका सचेतक, संसदीय दलका प्रतिनिधि र स्वतन्त्र सांसदहरूलाई पनि बोलाइएको छ । ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको सभाध्यक्षतामा बस्ने बैठकले प्रतिनिधिसभाको अन्तरिम नियमावली, दलहरुको सिट व्यवस्थापन, दलका नेताको बोल्ने क्रमलगायतका एजेण्डा तय गर्नेछ।
प्रतिनिधिसभाको पहिलो बैठक पुस २५ गते बस्दैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*