कोरोना संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु

हेटौंडा टुडे
२०७९ पुष २३, शनिबार १३:५५ गते

हेटौंडा| कोरोना संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । काठमाडौंस्थित वीर अस्पतालमा संक्रमणबाट ५७ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

थप एक संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार ७ सय ८३ को नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, शुक्रबार ३ जना संक्रमणमुक्त भएका छन् । शुक्रबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २१ पुगेको मन्त्रालयको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*