कन्टेनर र स्कुटरको ठक्कर हुँदा एक जानाको मृत्यु

हेटौंडा टुडे
२०७९ पुष २६, मंगलवार १७:२० गते

हेटौंडा| काठमाडौंको नयाँबसपार्कमा आज कन्टेनरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा गोरखा घर भएकी ३७ वर्षीया रमा मरह्ठ्ठा रहेकी छिन्। दुर्घटनामा गम्भीर घाइते भएकी रमाको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको हो।

नयाँबसपार्कबाट गोंगबुतर्फ जाँदै गरेको ना ८ ख  ७५०६ नम्बरको कन्टेनरले सोही दिशातर्फ जाँदै गरेको प्रदेश ३ ०२ ००७ प ३५९९ नम्बरको स्कुटरलाई आज दिउँसो साढे १२ बजे ठक्कर दिएको थियो।

दुवै सवारी साधनसहित कन्टेनर चालकलाई प्रहरी प्रभाग नयाँसपार्कले नियन्त्रणमा लिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*