प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार गरे

हेटौंडा टुडे
२०७९ पुष २९, शुक्रबार १३:०१ गते

हेटौंडा| प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री कार्कीले शुक्रबार तीन जना मन्त्रीलाई सपथ गराएर मन्त्रिमण्डल विस्ता र गरेका हुन्।

शुक्रबार माओवादीबाट दुई जना र एमालेबाट एक जनाले मन्त्रीले सपथ लिएसँगै प्रदेशको मन्त्रिपरिषद सात सदस्यीय भएको छ।

मुख्यमन्त्री कार्कीले शुक्रबार माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईं तथा नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गरेका हुन्। मुख्यमन्त्री कार्कीले आजै विश्वासको मत लिँदैछन्।

शुक्रबार नियुक्त भएका तीनै जना मन्त्री विना विभागीय हुन्। यसअघि मुख्यमन्त्री कार्कीले चार सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*