राष्ट्रिय जनता दलका वरिष्ठ नेता शरद यादवको निधन

हेटौंडा टुडे
२०७९ माघ १, आईतवार १२:१२ गते

हेटौंडा| राष्ट्रिय जनता दलका वरिष्ठ नेता शरद यादवको ७५ वर्षको उमेरमा निधन भएको छ ।

केही समयदेखि अस्वस्थ रहेका पूर्वसंघीय मन्त्री यादवको दिल्लीको गुरुग्रामस्थित फोर्टिस अस्पतालमा बिहीबार राति उपचारका क्रममा निधन भएको हो ।

यादव लामो समयदेखि मृगौलासम्बन्धी समस्याबाट पीडित थिए ।

भारतीय जनता पार्टीका नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धी, कुनै समय उनका प्रतिद्वन्द्वी रहेका अर्का नेता लालुप्रसाद यादवलगायतले उनको निधनबाट आफूहरू दुःखित भएको बताउँदै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*