प्रधानमन्त्री ‘प्रचण्ड’ द्वारा मन्त्रिपरिषदको आकस्मिक बैठक आह्वान

हेटौंडा टुडे
२०७९ माघ १, आईतवार १२:५९ गते

हेटौंडा| काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाजको दुःखद र त्रासदीपूर्ण दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनुभएको छ।

दुर्घटनाप्रति प्रचण्डले दुःख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिनुभएको छ।

दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री प्रचण्ड त्रिभुवन विमानस्थल प्रस्थान गर्नुभएको उहाँकाे प्रेस संयाेजक सूर्यकिरण शर्माले जानकारी दिनुभयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*