हेटौंडा| राष्ट्रियसभाको बैठक आज बिहीबार दिउँसो बस्ने भएको छ । बैठक दिउँसो दिउँसो १ बजेर बस्ने भएको हो ।
बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउने, राष्ट्रियसभाअन्तर्गत गठित विषयगत समितिमा सदस्यहरुको नाम मनोनयन गर्ने कार्यसूची छ ।
यसैगरी, संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक खिमलाल देवकोटाले संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ सभासमक्ष पेस गर्ने कार्यसूची तय भएको ।
सेयर गर्नुहोस्


















