नेप्से परिसूचक १३.७१ अंकले घट्यो

हेटौंडा टुडे
२०७९ माघ ९, सोमबार १५:४८ गते

हेटौंडा| नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.७१ अंकले ओरालो लागेको छ । साताको पहिलो दिन नेप्सेमा रातो रङ देखिएको हो ।

कारोबार खुलेको एक घण्टा नपुग्दै नेप्से परिसूचक २२ सय अंकमाथि पुगे पनि त्यो टिकाउ हुन सकेन । बिक्रीकर्ता हाबी हुँदा नेप्से परिसूचक ओरालो लागेको हो ।

नेप्सेमा तीन अर्ब ८६ करोड रूपैयाँको कारोबार भएको छ । २५७ कम्पनीको सेयर किनबेच भएको नेप्सेमा सोमबार बढी कारोबार हुनेमा वाणिज्य बैंक अगाडि रहे ।

कारोबारको आधारमा सबैभन्दा बढी कुमारी बैंक २७ करोड ४८ लाख रूपैयाँको कारोबारले अगाडि छ । दोस्रोमा एनआईसी एशिया बैंक १२ करोड ७५ लाख रूपैयाँले दोस्रो स्थानमा छ ।

सबैभन्दा बढी कमाउनेमा आदर्श लघुवित्त, सानिमा जीआईसी तथा कुमारी बैंकका लगानीकर्ता छन् । गुमाउनेमा हिमालयन हाइड्रो पावर, लिबर्टी इनर्जीका लगानीकर्ता छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*