हेटौंडा| भूकम्पमा परी बाजुरामा एक जनाको मृत्यु भएको छ । बाजुराको गौमुल गाउँपालिकामा घर भत्किँदा अन्दाजी ३०–३५ वर्षकी जमुना रोकायाको घटनास्थलमै मृत्यु भएको छ ।
सोही पालिका १ अम्लिसमा भूकम्पकै कारण माथिबाट पहिरो खस्दा रामदल बोहोराका ४० भन्दा बढी भेडा मरेको र एक जना घाइते भएको स्थानीय दीपेन्द्र रोकायाले जानकारी दिए ।
सेयर गर्नुहोस्


















