सुनको भाउ बढ्यो

हेटौंडा टुडे
२०७९ माघ १२, बिहीबार १३:२२ गते

हेटौंडा|आज साताको पाँचौ कारोबार दिन अर्थात् बिहीबार नेपाली बजारमा सुनको भाउ अहिले सम्मकै विन्दुमा पुगेको छ । बुधबार प्रतितोला १ सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबारको दिन नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ६ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यस्तै, आज बिहीबार चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भैरहेको महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*