सुनको मूल्य बढ्यो

हेटौंडा टुडे
२०७९ माघ १६, सोमबार ११:२६ गते

हेटौंडा| नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन सयले बढेर एक लाख छ हजार तीन सय पुगेको छ ।

तेजाबी सुनको मूल्य आज प्रतितोला एक लाख पाँच हजार आठ सय कायम भएको छ । अघिल्लो दिनको एक लाख पाँच हजार पाँच सयमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*