बसले स्कुटरलाई ठक्कर दिँदा युवतीको मृत्यु

हेटौंडा टुडे
२०७९ माघ १६, सोमबार १३:४५ गते

हेटौंडा| काठमाडौँको चाबहिलमा बसले स्कुटरलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–७ चाबहिल पिपलबोटस्थित सडकमा बा. ९८ प ६४२३ नम्बरको स्कुटरलाई प्रदेश ३–०१–००६ ख ११०९ नम्बरको बसले आइतबार दिउँसो ठक्कर दिएको हो।

दुर्घटनामा स्कुटरमा सवार गोरखा गण्डकी गाउँपालिका–६ घर भई हाल काठमाडौँ नारायणटार बस्ने २८ वर्षीया रोशनी थापा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको हेल्पिङ ह्यान्ड अस्पताल (चाबहिल) मा उपचारका क्रममा मृत्यु भएको हो।

दुवै सवारीसाधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*