शेयर बजार उच्च अङ्कले घट्याे

हेटौंडा टुडे
२०७९ माघ १६, सोमबार १५:३० गते

हेटौंडा| शेयर बजार आज साेमवार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव ०१ अङ्कले घटेर दुई हजार एक सय २७ दशमलव ५२ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा बीमा, होटल तथा पर्यटन, विकास बैंक र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ ।

बजार घटे पनि कारोवार रकम भने हिजो आइतवारको तुलनामा केही बढेको छ । आज दुई सय ५६ वटा कम्पनीका ८८ लाख ३६ हजार कित्ता शेयर तीन अर्ब ३० करोड २२ लाख रुपैयाँमा कारोबार भएका छन् ।सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको १७ करोड ६५ लाख रुपैयाँको शेयर किनबेच भयो । हिजो तीन अर्ब एक करोड ७० लाख रुपैयाँको कारोबार भएको थियो ।

आज युनाइटेड मर्दी जलविद्युत् कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि लुम्बिनी ग्रीन इन्सोरेन्स र आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*