सुनको मूल्य बढ्यो

हेटौंडा टुडे
२०७९ माघ १८, बुधबार १४:१२ गते

हेटौंडा | नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ।

बुधबार छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि, मंगलबार छापावाल सुन तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ३ सय रुपैयाँ निर्धारण भएको थियो ।

बुधबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १३ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*