जंगली हात्ती पीडितलाई राहतको निर्णय गरेकोमा बानियाँद्वारा धन्यवाद

हेटौंडा टुडे
२०७९ फाल्गुन १६, मंगलवार २०:५९ गते

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले हात्तीबाट मृत्यु भएकाको परिवारलाई राहत दिने निर्णय गरेकोमा प्रदेश सरकारलाई धन्यवाद दिएका छन् । प्रदेशसभा सदस्य बानियाँले सामाजिक सञ्जालमार्फत राहत दिने निर्णय गरेकोमा धन्यवाद दिएका हुन् ।
उनले आफुले बागमती प्रदेशसभा बैठकमा गराएको ध्यानाकर्षणको सम्बोधन भएको बताएका छन् । उनले हात्तीको आक्रमणबाट घाइते भएकाको उपचार र क्षति भएको भौतिक संरचना र अन्नपातको क्षतिपूर्ति उपलब्ध गराउन पनि सरकारसँग आग्रह गरेका छन् । उनले निकञ्ज कार्यालयबाट उपलव्ध हुनुपर्ने राहत रकम यथाशिघ्र उपलब्ध गराउन र आगामी दिनमा यस्ता घटना नहुने अवस्थाका लागि कार्य अघि बढाउन सम्बन्धित निकायसँग आग्रह समेत गरेका छन् ।
आफुले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसंग प्रदेश सरकारले पनि हात्तिको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई राहत उपलब्ध गराउन आग्रह गरेकोमा मन्त्रीपरिषद बैठकले यसबारे निर्णय गरेकोमा धन्यवाद दिए । सरकार सधैं नागरिकप्रति उत्तरदायी हुनुपर्नेमा प्रदेश सरकारले यसतर्फ काम गरेको बताउँदै जंगली जनावरका कारण निकुञ्जको सिमावर्ति क्षेत्रका बासिन्दामाथि हुने जोखिम न्यूनीकरणका लागि ठोस कार्य गर्न सरकार तत्पर हुनुपर्ने उनको भनाई छ ।
सांसद बानियाँले हात्तीको आक्रमणबाट मृत्युु भएकाको परिवारलाई राहत र नागरिक सुरक्षाका लागि प्रदेशसभा बैठकमा केही दिन अघि सरकारको ध्यानाकर्षण गराएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*