हेटौंडा। हेटौंडा-काठमाडौं जोड्ने बैकल्पिक मार्ग कान्तिलोकपथ भोलि फागुन १८ देखि पूर्ण रूपले बन्द हुने भएको छ ।
मकवानपुर प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा सोमबार बसेको बैठकले फागुन १८ गतेदेखि चैत १० गतेसम्म मर्मत सम्भारको लागि कान्तिलोकपथ दुईतर्फी आवागमन बन्द गर्ने निर्णय गरेको हो ।
बैठकले यो अवधिका लागि यातायात संचालन गर्ने बैकल्पिक मार्ग समेत तय गरेको छ । हेटौडा – काठमाडौं चल्ने साना सवारी साधनका व्यवसायीहरूले हेटौडाबाट काठमाडौं जान हेटौडा-भीमफेदी कुलेखानी ,सिस्नेरी, दक्षिणकाली रूट हुँदै एकतर्फी यातायात सेवा सञ्चालन गर्ने र काठमाडौंबाट हेटौडा आउन थानकोट-चित्लाङ मार्खु ,कुलेखानी भीमफेदी रूट हुँदै एकतर्फी सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।
सेयर गर्नुहोस्





















