कसैको इच्छा विपरित होली नखेल्न आग्रह : जिप्रका मकवानपुर

हेटौंडा टुडे
२०७९ फाल्गुन २१, आईतवार १०:५१ गते

हेटौंडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरले कसैको इच्छा विपरित होली नखेल्न आग्रह गरेको छ। होली नजिकिदै गर्दा मकवानपुर प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै होलीपर्व हर्षोल्लासपूर्वक मनाउने क्रममा कसैको इच्छा विपरित रंग लोला तथा पानी नछ्याप्न आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा द्वारा विज्ञप्तीमा मादक पदार्थ सेवन गरी सवारी चलाउने, सार्वजनिक स्थलहरुमा होहल्ला गर्ने र कुनै पनि व्यक्तिको निजी जीवनमा नकारात्मक असर पर्ने खालका गतिविधि नगर्न सूचनामा भनिएको छ । कानून विपरितका गतिविधि गरे प्रचलित कानून बमोजिम कडा कारवाही गर्ने प्रशासनले जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*