हेटौंडा | मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५, चुरियामाई मन्दिर परिसरमा एक व्यक्तिको शव फेला परेको छ ।
चुरियामाई मन्दिर छेउको सिढीमा हाल नामथर वतन नखुलेको अन्दाजी ५५/६० वर्षीय पुरुषको शव फेला परेको हो ।
शनिबार शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार ती पुरुष लामो समयदेखि मन्दिरमा बस्दै गरेको जोगी रहेका छन् ।
मृतकको शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।
सेयर गर्नुहोस्


















