बकैयामा टिपर पल्टिदा चालकको मृत्यु

हेटौंडा टुडे
२०७९ चैत्र १, बुधबार १०:२५ गते

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा टिपर पल्टिदा चालकको ज्यान गएको छ।

बकैया गाउँपालिका वडा नम्बर–१२ खोरभञ्ज्याङ् स्थित भित्र कच्चि सडक खण्डमा चुन ढुङ्गा लिन जादै गरेको ना ८ ख ५३३५ नम्बरको टिपर आफै अनियन्त्रित भई सडकबाट करिब ७०० मिटर खोल्सामा खस्दा चालकको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ। मंगलबार साझ भएको दुर्घटनामा मकवानपुरगढी वडा नम्बर–२ घर भएका चालक २८ वर्षीय चन्द्र योन्जनको मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*