प्रदेश युवा परिषद् हेटौंडाले माग्यो ११९ जना कर्मचारी

हेटौंडा टुडे
२०७९ चैत्र १, बुधबार ११:४७ गते

हेटौंडा| बागमती प्रदेश युवा परिषद् कार्यालय हेटौंडाले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७९र०८० को स्वीकृत कार्यक्रम तथा प्रदेश स्वयंसेवा परिचालन निर्देशक समितिको निर्णयानुसार एकैपटक ११९ जना कर्मचारी माग गरेको हो ।

कार्यालयले बुधबार अन्नपुर्ण पोष्ट दैनिकमा एक सूचना प्रकाशित गर्दै कम्तीमा २ वर्ष काम गर्ने गरी प्रदेशभरीका १३ जिल्लाका ११९ वटै स्थानीय तहमा एक जनाका दरले राख्नेगरी युवा स्वयंसेवक माग गरिएको हो ।

स्वयंसेवा गर्न इच्छुकहरुले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र परषद्को वेवसाइटमा रहेको अनलाईन फर्म भरी सूचिकृत गर्नुहुन अनुरोध गरेको छ ।

युवा परिषद्ले कृषि क्षेत्र २५ जना, पशु क्षेत्रका २५ जना, शिक्षा क्षेत्रका गणित र विज्ञान शिक्षक माध्यमिक तहका ४४ जना, स्वास्थ्य क्षेत्रका ३० जना रहेका छन् । स्वयं सेवक बागमती प्रदेशको स्थायीवासिन्दा हुनुपर्ने र १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने नियम राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*