आजको मौसम

हेटौंडा टुडे
२०७९ चैत्र ३, शुक्रबार ०९:१४ गते

हेटौंडा । हाल देशमा स्थानीय वायु संगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

हाल देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा भैरहेको छ ।
शुक्रवार दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहने छ। देशको पहाडी  भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती देशभर आंशिक देखी सामान्य बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*