बढ्यो सूनको मूल्य

हेटौंडा टुडे
२०७९ चैत्र ५, आईतवार १२:५७ गते

हेटौडा । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा एकैदिन २ हजार ९ सय रुपैयाँले बढेको छ । सुनको मूल्य आइतबार तोलामा २ हजार ९ सय रुपैयाँले बढेर १ लाख १० हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । योसँगै आज चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*