आज चट्याङ सहित पानि पर्ने सम्भावना

हेटौंडा टुडे
२०७९ चैत्र ६, सोमबार १०:५० गते

हेटौंडा ।  हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित वर्षा भइरहेको छ।
सोमबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका केही स्थानहरुमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।राती देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू(भागका केही स्थानहरूमा तथा तराई भू(भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*