हेटौंडा ।घोडेजात्राको अवसरमा काठमाडौँको टुँडिखेलमा आज विशेष समारोहको आयोजना हुँदैछ । राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको उपस्थितिमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलामा घोडेजात्रा कार्यक्रम गर्न लागेको हो ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार समारोहमा टाङ्गन घोडा दौड, शो जम्प, झन्डोत्तोलन, ड्रिल राइड, घोडचढी आर्चरीलगायतका कला प्रदर्शन गरिने छ । घोडेजात्रा पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीनकालदेखि काठमाडौँ उपत्यकामा मनाउने परम्परा छ ।
परापूर्वकालमा गुरुमापा नामक दैत्यमाथिको विजयका रूपमा घोडेजात्रा मनाइन्छ । यहाँ दौडने घोडाको टापले त्यस दानवको आत्मालाई दबाउन मद्दत गर्नुका साथै जात्राले देशमा शुभमङ्गल ल्याउने विश्वास गरिन्छ । यस अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।
सेयर गर्नुहोस्






















