आजको मौसम

हेटौंडा टुडे
२०७९ चैत्र ७, मंगलवार ११:०२ गते

हेटौंडा|  हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरूमा  मेघ गर्जन/चट्याङ सहित वर्षा भइरहेको छ। मंगलबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग/हावा-हुरी/असिना सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग/हावा-हुरी/असिना सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*