हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज प्रदेश सभा समक्ष विश्वासको मत लिंदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा सचिवालयले आज दिउँसो ३ बजेका लागि बैठक बोलाएको छ ।तत्कालिन सत्ता साझेदर दल राप्रपाले समर्थन फिर्ता लिएर सरकार छाडेपछि बागमति प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज दोस्रोपटक विश्वासको मत लिने तयारी गरेका हुन् ।
प्रदेशमा पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा एमाले, माओवादी केन्द्र र राप्रपाबीच बनेको सत्ता सीमकरण राष्ट्रपतिको निर्वाचनसँगै परिवर्तन भएको थियो । सत्ता साझेदार दल राप्रपाले तत्काल फागनु १३ गते शनिवार मुख्यमन्त्री जम्कट्टेललाई राजिनामा बुझाएपनि एमाले भने सरकार मै रहेको छ ।मुख्यमन्त्री जम्कट्टेलले नेपालको संविद्यानको धारा १८८ को २ बमोजिम संसदबाट विश्वासको मत लिने तयारी गरेका हुन् । सोही अनुसार प्रदेशसभा सचिवालयले चैत ८ गते दिउँसो ३ बजेका लागि प्रदेशसभाको बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए





















