हेटौंडामा पत्रकारको प्रभातफेरी

हेटौंडा टुडे
२०७९ चैत्र १६, बिहीबार १३:५९ गते

हेटौंडा |  नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसका अवसरमा आज हेटौंडामा प्रभातफेरी कार्यक्रम गरिएको छ । पत्रकार महासंघ मकवानपुरको आयोजनामा हेटौंडामा प्रभातफेरी कार्यक्रम गरिएको हो । हेटौंडाको स्कुलरोडबाट सुरु भएको र्याली बुद्धचोकमा पुगेर पुन सिमाचोकमा आएर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ठ, पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्षहरु राममणि दाहाल, भानुभक्त आचार्य, निबर्तमान अध्यक्ष हरि हुमागाई लगायतकाको आतिथ्यता रहेको थियो । प्रभातफेरी कार्यक्रमको समापन कार्यक्रममा बोल्दै पत्रकार महासंघ मकवानपुरका कार्यबाहक अध्यक्ष धुर्ब अधिकारीले महासंघ अहिलेको अवस्था सम्म आइपुग्नका लागि सबै क्षेत्रको उत्तिकै सहयोग रहेको बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*