राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

हेटौंडा टुडे
२०७९ चैत्र १७, शुक्रबार १२:२५ गते

हेटौंडा|  शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा आज दिउँसो ३ बजेसम्ममा मन्त्रीपरिषद् विस्तार गर्ने बारेमा कुराकानी भएको प्रधानमन्त्रीका सचिवालय सदस्य मनहरि तिम्सिनाले बताए ।
उनले भने, ‘राष्ट्रपति र प्रधानमन्त्रीबीच मन्त्रिपरिषद् विस्तार, शपथलगायतका विषयमा छलफल भयो । आज ३ बजे शपथ गरौँ भन्ने कुरा भएका छ । केही नामहरू आएका छन् । केही भरेसम्ममा आउँला । एकै चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।’

उनले थपे प्रधानमन्त्रीले आज दिउँसो ३ बजेभित्र सत्ता गठबन्धनका सबै राजनीतिक दलसँग मन्त्रीको नाम प्रधानमन्त्रीले माग्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*