हेटौंडा | नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं साधारण सभा आज शुरू हुँदैछ ।
साधारणसभाले वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल बिद्यानत स्वतः अध्यक्षमा चयन गर्नेछ बाँकी पद निर्वाचन प्रक्रियाबाट टुंगो लगाउने छ । भोलि हुने निर्वाचन प्रक्रियाबाट ६४ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ । बरिष्ठ उपाध्यक्ष, जिल्ला(नगर वाणिज्य, वस्तुगत र एसोसिएटमा एक(एक जना गरी तीन जना उपाध्यक्ष चयन हुनेछन् । वस्तुगतबाट १४ जना, उद्योग वाणिज्यबाट १८ जना, एसोसिएटबाट १९ जना र जिल्लाबाट ७ जना सदस्य चयन हुनेछन् ।
अर्को कार्यकाल स्वतः अध्यक्ष हुने वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाईले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
सेयर गर्नुहोस्






















